• वैशाख १२, २०७८
  • जुनकिरी खबर

इटहरी ९ मल्लिक बस्तीमा दलित सचेतना कार्यक्रम सम्पन्न

alt

इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

९ नं. वडा कार्यालयको आर्थिक सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष भुपेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रर्था पूर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ ।

उमेर नपुगेका किशोरीको विवाह गर्दा कानून बिरुद्ध हुने भएकाले यस्ता कार्य नगर्न नगराउन प्रशिक्षक पेशल खतिवडाले जानकारी गराउनुभएको थियो । दलित भएकै कारण अन्याय र अत्याचार सहनु अपराध भएको र बिभेद गर्नेहरुलाई कानूनी कारबाही गर्न व्यक्तिबाटै प्रयास हुनुपर्नेमा खतिवडाले जोड दिनुभएको थियो । कार्यक्रममा वडा कार्यालयका वडासदस्य तथा आयोजक हेल्पीङ युथ सुनसरीका अध्यक्ष विकल पौडेलले समेत दलित अधिकारको बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमले आफ्नो समुदायको हक अधिकारको बिषयमा धेरै जानकारी हासिल भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा मल्लिक बष्तीका २५ बढी सहभागीहरुको उपस्थिति रहेको थियो । दलित वर्गको बजेटबाट उनिहरुको क्षमताबृद्धिको लागि कार्यक्रम गरिएको वडाध्यक्ष भुपेन्द्र बरालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]