• वैशाख १४, २०७८
  • जुनकिरी खबर

ट्राफिक प्रहरीद्वारा इटहरीमा मास्क खै अभियान सञ्चालन

alt

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले मंगलबार मास्क खै अभियान चलाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहर रोक्न भन्दै मास्क खै अभियन चलाइएको हो । ठूला–साना तथा सरकारी र निजी सवारी साधनहरुमा मास्क लगाए नलगाएको चेक गर्ने र नलगाएको पाए आफैले मास्क वितरण गरेर अनिर्वाय मास्क लगाउन सजग गराइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जीव शर्माले जानकारी दिनुभयो । मंगलबार विहान प्रहरीले आफ्नै कार्यालयअगाडि अभियानको शुभारम्भ गरेको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक शर्मा स्वयम् सहभागि थिए । उनले मास्क नलगाउने चालक तथा यात्रुलाई मास्क दिँदै अनिवार्य मास्क लगाउन अनुरोध गरेका थिए । प्रदेशका सबै ठाउँमा यो अभियान सञ्चालन गरिएको शर्माले जानकारी दिनुभयो ।

अभियान प्रदेश १ का १४ जिल्लाका ९४ वटा युनिटमा सञ्चालन गरिएको जनाइएको छ । प्रहरीको अभियानका क्रममा दुई पांग्रे सवारी साधनका चालकले मास्क नलगाएको पाइएको छ । । तर, प्रहरीले भने अनिवार्य मास्क लगाउन अनुरोध गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]