• वैशाख १९, २०७८
  • जुनकिरी खबर

सुनसरीमा होटेल रेस्टुरेन्ट खोल्न नपाइने

alt

सुनसरीमा अव देखि यात्रु बास स्थल र खाना सुविधा भएको यात्रुलाई खाना खुवाउने होटेल मात्रै बिहान ८ बजे देखि राति ८ बजे सम्म खोल्न पाइने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको सो बैठकले अन्यत्र जिल्लाबाट कुनै काम विशेषले सुनसरी जिल्लामा आउने र यस जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजे देखि बेलुका ८ बजे सम्मका लागी खुला गरिएकोमा यस आदेशको अपव्याख्या गरी जथाभाबी पसलहरू खुला गरिएको पाइएकाले यस समितिको ध्यान आकृष्ट भएको भन्दै यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको सूचनामा उल्लेख छ ।

होटेल भन्नाले यात्रु बास स्थल र खाना सुविधा लजिङ फुडिङ भएको होटेल र रेस्टुरेन्ट भन्नाले राजमार्गको छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेस्टुरेन्ट मात्र बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म खुल्ला गरिएको हुँदा र अन्य होटेल रेस्टुरेन्टको हकमा टेक अवे सर्भिस प्याकिङ सेवा दिने गरी बन्द गर्ने ब्यहोरा सूचित गरेको छ ।

यसै गरी जिल्ला अस्पताल, सुनसरी ( इनरुवा अस्पताल) मा अक्सिजन सुविधा सहितको २० बेड र १ वटा भेन्टिलेटर क्षमताको कोभिड अस्पताल पनि सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]