• वैशाख १९, २०७८
  • जुनकिरी खबर

रानी नाका हुँदै आठ सय ४८ जना नेपाल भित्रिए

alt

विराटनगरको रानी नाका हुँदै आइतबार दिउँसो १ बजेसम्म आठ सय ४८ जना नेपाल प्रवेश गरेका छन् । वैशाख १ गतेबाट एन्टिजेन परीक्षण सुरु भएपछि आइतबारसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या आठ सय ४८ रहेको हेल्प डेक्स प्रमुख साथै महानगरपालिकाका मेडिकल अफिसर डा. कमलकिशोर यादवले बताए ।

रानी नाकाबाट आइतबार १ बजेसम्म २९ जना नेपाल प्रवेश गरेका छन् । आइतबार प्रवेश गरेकामध्ये पाँच जनामा कोरोना सङ्क्रमण देखिएको यादवले बताए । आज एन्टिजेन पोजेटिभ देखिएका पाँच जनामध्ये एक जना विराटनगर–१३ का पुरुष, तीन जना बूढीगङ्गा गाउँपालिकाका र एक जना बेलबारीका पुरुष रहेको उनले बताए ।

आइतबारसम्म एक सय ८२ जनाको एन्टिजेन परीक्षणमा २७ जनामा पोजेटिभ देखिएको उनले बताए । केही दिनअगाडिको तुलनामा खुला सीमा नाकामा कडाइँ गरिएसँगै रानी नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या केही बढेको उनको भनाइ छ ।

रानी नाका हुँदै नेपाल प्रवेश गर्नेमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका सङ्क्रमित भने यताउता भौँतारिएर बस्ने गरेका छन् । आइतबार पोजेटिभ देखिएका सङ्क्रमित हेल्पडेक्स नजिकैको खुला स्थानमा भौँतारिएर बस्न बाध्य थिए । उनीहरूका लागि शौचालयको व्यवस्थासमेत नभएको पाइएको छ । उनीहरूमध्ये एक जनाले भने, ‘बस्दै गर्नु भनेको छ, अरु केही थाहा छैन ।’

कतिपय सङ्क्रमितलाई गाउँपालिकासँगको सहकार्यमा पठाउने गरिएको छ भने कतिपयलाई परिवारको जिम्मा लगाउने गरिएको डा. यादवले बताए । उनले भने, ‘कतिपय एम्बुलेन्स र व्यक्तिगत गाडीमा जान्छन्, तर उनीहरूलाई मापदण्ड पूरा गरेर पठाउने गरिएको छ ।’ आज सङ्क्रमण देखिएकामध्ये विराटनगरका सङ्क्रमितलाई परिवारले लगिसकेको र अन्य सङ्क्रमितलाई पनि पठाउन गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]