• वैशाख २०, २०७८
  • जुनकिरी खबर

निषेधाज्ञा थप कडा बनाइन्छ : प्रधानमन्त्री ओली

alt

प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ गरिने घोषणा गरेका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए ।

ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना सङ्क्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना सङ्क्रमित रहेको बताउँदै निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरे ।

स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने बताउँदै उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]