• वैशाख २२, २०७८
  • जुनकिरी खबर

२४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु

alt

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २४ घण्टामा ५८ जनाको मृत्यु भएको हो । यसअघि मंगलबार २४ घण्टामा ५५ जनाको मृत्यु भएको थियो। 

मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

कुल २१ हजार ३७२ जनाको परीक्षण गर्दा ८ हजार ६५९ जनामा संक्रमण भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना रहेका छन् । संक्रमितको कुल संख्या भने तीन लाख ५९ हजार ६१० पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा  १९ सय ९३ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ८९ हजार ७८३ पुगेको छ । 

२४ घण्टामा संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । मंगलबार ७ हजार ६६० जना संक्रमण पुष्टि भएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]