• वैशाख २२, २०७८
  • जुनकिरी खबर

इटहरीको आइसोलेसन सेन्टर अन्तिम चरणमा

alt

इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा हुने छ । खानपानको ब्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन संचालनमा ल्याइने उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो । आइसोलेसनमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ । ।

यस्तै भाटभटेनी सुपरमार्केट इटहरीले इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पाँचलाख एकसय एक रुपियाँ सहयोग गरेको छ । सुपरमार्केटका तर्फवाट उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई चेक हस्तान्तरण गरिएको हो । कोरोना महामारीले समस्या पारिरहेको वेला कोषमा सहयोग गरेकोमा भाटभटेनी सुपर मार्केट इटहरीलाई प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो ।

 

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]