• वैशाख २६, २०७८
  • जुनकिरी खबर

कोरोना संक्रमित महिलाको मृत्युपछि इटहरी ८ नं. वडा सिल

alt

इटहरी उपमहानगरपालिका–८ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडाको केही क्षेत्र लाई सिल गरेको छ । वडा कार्यालयले बिजुली आफिस र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसल लगायत बन्द गर्न निर्देशन दिएको छ ।  

इटहरी  ८ निवासी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछी बिजुली आफिस वरिपरिको क्षेत्र सिल  गरिएको छ । हिजो राती उपचारको क्रममा नोबेल अस्पतालमा इटहरी वडा नं। ८ निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य शाखा इटहरी उपमहानगरपालिकाले जानकारी गराएको हो । कोरोना संक्रमणका कारण महिलाको मृत्यु भएपछि, इटहरी वडा नं।८ कार्यलयले बिजुली आफिस वरिपरिको क्षेत्र वैशाख २९ गतेसम्मका लागि सिल गरेको सूचना सार्वजनिक गरेको छ । 

स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र  अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]