• साउन ९, २०७६
  • जुनकिरी खबर

लागुऔषधसहित महिला पक्राउ

alt

प्रहरीले विराटनगरबाट ठूलो परिणामको लागुऔषधसहित बिहीबार एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर महानगरपालिका-१५ रामजानकी चोकबाट ३२ वर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेकी विराटनगर-१५ नै घर भएकी उनी लागुऔषध ओसारपसार गर्ने भरिया भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए। 

उनका अनुसार खातुनले बोकेर ल्याएको झोलाबाट डाईजेल्याव, एभिल र लुपिजेसिक दुई÷दुई सय एम्पुल गरेर जम्मा 6 सय एम्पुल तथा डाइलेक्सडिसी पाँच बोतल, नाइट्रोजेपाम ३० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन एक सय ४४ क्याप्सुल बरामद भएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]