• वैशाख २९, २०७८
  • जुनकिरी खबर

सुनसरीमा खाद्यान्न तथा तरकारीको पसल समेत बन्द गर्ने निर्णय

alt

सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । बुधबार (आज) बसेको डिसिसिएमसिको बैठकले जिल्लाभर माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।

प्रशासनद्धारा जारी विज्ञप्तीको बुँदा नम्बर ५ मा औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल पेट्रोल पम्प र ग्याँस सिलिन्डर बाहेक अन्य पसल व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल समेत पूर्ण रुपमा बन्द गर्ने उल्लेख गरिएको छ ।

यसअघि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपनि कोरोना महामारीको अवस्था भयावह भएको भन्दै आज बसेको बैठकले माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यद्यपि, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ बोको गाडी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन भने प्रशासनको अनुमति लिएर सञ्चालन गर्न पाउने ढकालले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]