• जेठ १, २०७८
  • जुनकिरी खबर

लकडाउन अहिले सम्मकै कडा

alt

पूर्ण निधेधाज्ञा जारी गरिएसँगै आज विहानैबाट सुनसरी सुनसान बनेको छ । कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले आजबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।

डीसीसीएसीको निर्णय सँगै जारी निषेधाज्ञालाई यस पटक भने पूर्ण कडा बनाइएको छ । सडक देखि नाका र गौंडा सम्म सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

राजमार्गमा अत्यावश्यक सवारीका साधन फाट्टफुट्ट बाहेक संचालन गर्न दिइएको छैन् । यस अघि जारी निषेधाज्ञा सर्वसाधारणबाट उल्लंघन भएकाले समेत प्रशासनको पछिल्लो निर्णय सँगै जिल्लाभर पूर्ण कडाइ गरिएको छ ।

प्रहरीले जिल्ला जोड्ने सीमावर्ती नाकाहरुमा समेत सर्तकता बढाएको छ । ति स्थानहरुमा प्रहरीले कडा चेकिङ गरिरहेको छ भने जिल्ला प्रवेशमा पूर्ण रोक लगाएको छ ।
सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ । उसले अत्यावश्यक नपरी कोही कसैलाई नहिड्न माइकिङ गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]