• जेठ ३, २०७८
  • जुनकिरी खबर

बराहक्षेत्र नगरपालिकालाई ३० थान अक्सिजन सिलिन्डर सहयोग

alt

अक्सिजन अभावले धेरैले ज्यान गुमाउनु परिरहेको अवस्थामा सुनसरीमा एक व्यक्तिले कोरोना सङ्क्रमितहरूको उपचारको लागि ३० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । बराहक्षेत्र ६ निवासी टेकेन्द्र कार्कीले बराहक्षेत्र नगरपालिकालाई ३० वटा अक्सिजनसहितको सिलिन्डर सहयोग गरेका हुन ।
 
कार्कीको बुवा श्वास प्रश्वासको बिरामी भएकै कारण निधन भएको र आमाको पनि अवस्था जटिल रहेको कारण अक्सिजन अभावकै कारण अन्यले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सिलिन्डर सहयोग गरेको कार्कीले जानकारी दिए ।
 
"मेरो व्यक्तिगत सहयोग हो, अक्सिजनको अभावले अब बराहक्षेत्र नगरवासीले ज्यान गुमाउनु नपरोस्" उनले भने "यी अक्सिजनको सही सदुपयोग हुने मैले विश्वास लिएको छु ।"
 
 
कार्कीले सोमबार नगरपालिकाका मेयर निलम खनाललाई उक्त सिलिन्डर हस्तान्तरण गरेका हुन् । सिलिन्डर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा जडान गरिने छ । नगरप्रमुख खनालले कार्कीले गरेको सहयोगको प्रशंसा गर्दै यो सङ्कटको समयमा नगरपालिकालाई सबैले सकेको सहयोग गरिदिन आग्रह गरेका छन् । 
Gasd c (1)
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]