• जेठ ४, २०७८
  • जुनकिरी खबर

सुनसरीमा १२ पत्रकार कोरोना सङ्क्रमित, १ जनाको अवस्था गम्भीर

alt

सुनसरीमा अहिले सम्म १२ जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कोरोना सङ्क्रमित १२ पत्रकार मध्ये १ जनाको अवस्था गम्भीर रहेको र एक जना सङ्क्रमण मुक्त भएको नेपाल पत्रकार महासङ्घको सुनसरी सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कोरोनाबाट उत्पन्न जटिल परिस्थितिको प्रत्यक्ष मारमा श्रमजीवी पत्रकार पनि परेको उल्लेख छ। १० जना कोरोना सङ्क्रमित पत्रकारहरूको अवस्था सामान्य रहेको र घरमा नै एकान्तवासमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो कठिन परिस्थितिमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले पत्रकारको स्वास्थ्य सुरक्षा र पेसागत सुरक्षामा टोली बनाएर काम गरिरहेको र आइसोलेसनको व्यवस्थामा समेत जुटिरहेको जानकारी गराएको छ ।

साथै, महासङ्घले सम्पूर्ण पत्रकारहरूलाई प्रविधिको प्रयोग गरेर पत्रकारिता गर्न हुन पनि आग्रह गरेको छ । जोखिमका बिच पत्रकारले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा कुनै पनि समस्या भएमा महासङ्घ जिल्लासँग समन्वय गर्न आग्रह विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा महामारीबाट आफै सतर्क भएर बाच्नुपर्ने भएकाले गर्दा अनिवार्य फिल्डमा जानुपर्ने अवस्था बाहेक घरमै बसेर रिपोर्टिङ गर्न सबै पत्रकारलाई आग्रह गर्दै उक्त कार्यमा सहजीकरण गर्न सबै सञ्चार माध्यमहरूलाई आग्रह गर्दछौँ भनिएको छ ।

कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा पत्रकारहरूका लागि सुलभ तरिकाले पीसीआर परीक्षण, कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न र कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरूका लागि निःशुल्क उपचार प्रबन्ध मिलाउन महासङ्घले सरकारको ध्यानाकर्षण गरेको छ ।

विज्ञप्तिमा यो हृदय विदारक क्षणमा पत्रकार सहित कोरोना सङ्क्रमण भएर मृत्युवरण गरेका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै सङ्क्रमित पत्रकार तथा सबै नागरिकको सङ्क्रमण मुक्तका लागि कामना पनि महासङ्घले गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]