• जेठ ६, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा अक्सिजन र कोभिड अस्पताल तत्काल व्यवस्था गर्न माग

alt

नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले तत्काल अक्सिजन र कोभिड अस्पताल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। अक्सिजन नपाएर मानिसहरूले ज्यान गुमाउनुपरेको अवस्थाबारे प्रदेश १ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले अक्सिजन र कोभिड अस्पतालको व्यवस्था गरेर नागरिकको ज्यान बचाउन माग गरेका हुन्।

साथै, उनले प्रदेश सरकारद्वारा सञ्चालित कोशी कोभिड अस्पताल, मेची प्रादेशिक अस्पतालसहित १४ जिल्ला अस्पताल र अन्य सरकारी तहबाट निर्मित अस्थायी कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजन बेड अक्सिजन लगायत अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको व्यवस्था मिलाउन माग गरेका छन्।

स्वास्थ्य विभाग, र दाताहरूको अनुदान सहयोगबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र वर्तमान समस्या समाधान गर्न अपर्याप्त हुने भएकोले चालु बजेटमा कोभिड नियन्त्रणको निम्ति प्रस्ताव गरिएको बजेट र आवश्यक भए थप बजेटको व्यवस्था गरि आवश्यक स्वास्थ्य सामाग्रीको पारदर्शी खरिदको व्यवस्थापन मिलाउन पनि माग गरेका छन्।

पूर्वमन्त्री समेत रहेका आङ्बोले कोभिडले गर्दा नागरिकको अवस्था नाजुक रहेकाले सबै संक्रमितको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने पनि बताएका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]