• जेठ १४, २०७८
  • जुनकिरी खबर

प्रदेश १ र २ मा आइतबारसम्म वर्षा हुने, सतर्क रहन आग्रह

alt

कमजोर अवस्थामा रहे पनि ‘यास चक्रवात’ को प्रभाव नेपालमा निरन्तर जारी छ । भारतको उडिसा र पश्चिम बंगाल राज्यमा सबैभन्दा बढी प्रभाव पारेको ‘यास’ ले नेपालमा भने निरन्तर वर्षा भइरहेको छ । 

नेपाल भूपरिवेष्ठित देश भएका कारणले पनि ‘यास’ चक्रवातबाट प्रत्यक्ष प्रभावित हुन नसके पनि मौसममा आएको बद्लावले नेपाललाई असर गरिरहेको हो । दुई दिनदेखि कालो बादलसहित वर्षा भइरहेको छ । निरन्तर वर्षा भएमा बाढी पहिरो जाने सम्भावना बढ्न सक्छ । बाढी आएमा खेतीयोग्य जमिनहरू काटिने र क्षति हुने अनुमान गरिएको छ । चट्याङ, हावाहुरी र मेघगर्जनसहितको वर्षा आएमा त्यसले गम्भीर असर गर्ने जनाइएको छ ।  

भारतको उडिसा र बंगाल राज्यमा मानवीयसँगै भौतिक क्षति भएको थियो । यास चक्रवातलाई भारतमा निकै विनासकारी मानिएको छ । प्रतिघण्टा १२० देखि १४० किलोमिटर रफ्तारमा चक्रवात आएको मानिन्छ । पश्चिम बंगाल प्रशासनका अनुसार १५ लाख मानिस प्रभावित बनेका छन् । चक्रवातका कारण एकजनाको ज्यान गएको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीका अनुसार ३ लाख घरमा क्षति पुगेको छ । बंगालको १३४ वटा तटबन्धमा क्षति पुर्याएको छ । 

विशेष गरी त्यहाँको कृषि, मत्स्यपालन, पशुपालन, विद्युत् र बागवानी बढी क्षति पुर्याएको छ । चक्रवातका कारण समुन्द्रका पानी गाउँगाउँमा छिर्दा अहिले बाढीको जोखिम पनि उस्तै रहेको छ । सोही यास चक्रवातका कारण नेपालमा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । नेपालको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरिसकेको छ । नेपालमा प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]