• जेठ २१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ८५१ जना कोरोना सङ्क्रमित थपिए

alt

प्रदेश १ मा आज ८५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, सङ्खुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ९९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४० हजार ४०६ पुगेको छ ।

झापाको मेचीनगरमा १०५, बिर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बाह्रदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरमा १४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१, सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जू र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, सूर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौबिसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ७५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ७२८ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४७ महिला र ५०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]