• जेठ २२, २०७८
  • जुनकिरी खबर

तरुणदल सुन्दरहरैचाले संकलन गर्यो १५८ प्रीन्ट रगत

alt

रगत अभाव हुन नदिन मोरङको सुन्दरहरैचामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोभिड १९ भाइरस संक्रमणको कारण रगत अभाव हुन नदिन तरुण दल सुन्दरहरैचा नगर समितीले रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो ।

नगरको वडा नं ७ स्थित गछिया चौरीमा शनिबार गरिएको रक्तदान कार्यक्रममा १५८ प्रीन्ट रगत संकलन भएको तरुण दल सुन्दरहरैचा नगर समितिका सभापती मिलन श्रेष्ठले जानकारी दिए । उनले कोरोना भाईरसको जोखिम अवस्थामा रगतको अभाव हुने देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

तरुण दलले अहिले नगर भरि अति विपन्न परिवारहरुलाई खाधान्न स्वरुप राहत सामग्री, कोरोना सक्रमितको घरमा सेनिटाइज जस्ता सामाजिक कार्य गर्दै आएको तरुण दल सुन्दरहरैचाका सचिव कुन्दन ढुंगानाले बताए । कार्यक्रममा रगतको अभाव हुन नदिन साथै आफू पनि बचौ र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दल महासमिती प्रतिनिधी अनुरोध शाहले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]