• जेठ २९, २०७८
  • जुनकिरी खबर

सुनसरीमा पत्रकार, कर्मचारी, चिकित्सक र सुरक्षाकर्मीलाई खोप लगाइँदै

alt

सुनसरीमा रहेका फ्रन्ट लाइनरहरुलाई भेरोसेल खोपको पहिलो मात्रा असार १ र २ गते दिइने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको आज बसेको बैठकले असार १ र २ गते फ्रन्ट लाइनर सहित जेष्ठ नागरिकको लागि खोप लगाइने निर्णय गरेको छ । बैठकको निर्णय अनसार उक्त दुई दिन फ्रन्ट लाइनरका साथै ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाइने छ । जसमा अघिल्लो खोप कार्यक्रम समावेश ६२ देखि ६४ वर्ष उमेर समूहमा छुट भएका जेष्ठ नागरिकले समेतले खोप लगाउन पाउने छन् ।

बैठकको निर्णय बारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भन्नु भयो, “ अघिल्लो खोप कार्यक्रम संचालनको क्रममा केहि स्थानमा नियम विपरित भएको पाइयो । अबको चरणमा भने पूर्ण व्यवस्थित साथ अभियान चलाइने छ । जसको सम्पूर्ण लेखाजोखा राखिने छ ।” ढकालले अघिल्लो खोप कार्यक्रमकालागि स्थानीय तहलाई उपलब्ध गराइएको खोप लक्षित उमेर समूह बाहेकलाई समेत लगाइएको भन्ने जनगुनासो आएको बताउनु भयो । वहाँले खोप लगाउन हानाथापको अवस्था समेत सृजित भएकाले बाँकी रहेका सबै खोप सुरक्षित साथ फिर्ता ल्याई भण्डारण गरिएको बताउनु भयो ।

उता खोप कार्यक्रम संचालनको जिम्मेबारी पाएको स्वास्थ्य कार्यालय सुनसरीले यस पटकको खोप कार्यक्रममा सहभागी हुनेको नाम पहिलानै सुचिवद्ध पारिने जनाएको छ । उसले खोप लगाउनेहरुको हकमा स्थानीय तहका साथै सम्वन्धित निकायले कार्यालयमा एक दिन अगावै नाम सहितको विवरण उपलब्ध गराउनु पर्ने भनेको छ । स्वास्थ्य प्रमुख सागर प्रसाईले परिचय खुल्ने कागज सहित नाम दर्ता रहेकाहरुको हकमा मात्र भेरोसेल खोपको पहिलो मात्रा दिइने बताउनु भयो ।वहाँले बैठकको निर्णय अनुसार तोकिएको उमेर समूह (६०–६४) का साथै अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनपथ, सशस्त्र सहित ट्राफिक प्रहरी र नेपाली सेना, निजामती कर्मचारी, न्याय सेवाका कर्मचारी, अनुसन्धान कार्यालयका कर्मचारी, वाणिज्य बैंकका कर्मचारी, खानेपानी संस्थान तथा सेवाका कर्मचारीलाई खोप लगाइने बताउनु भयो । त्यसैगरी नेपाल टेलिकम, विद्युत प्राधिकरण, सर्पदंस इटहरीका कर्मचारी, जिल्ला भित्र कार्यरत बार एसोसिएसनका सदस्य, अक्सिजन उद्योगमा कार्यरत कर्मचारी, पुर्नस्थापना केन्द्रका

फिल्डमा खटिने कर्मचारीका साथै पत्रकारहरुलाई समेत सो अवधिमा खोप लगाइने प्रसाईले बताउनु भयो । खोप केन्द्र भने स्वास्थ्य कार्यालयले पालिका स्तरमा तोके बमोजिम संचालनमा ल्याइने प्रसाईले बताउनु भयो । वहाँले थप खोप समेत आउने क्रममा रहेकाले क्रमशः अन्यको हकमा समेत खोप कार्यक्रम संचालन गर्दै लैजाने बताउनु भयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]