• जेठ ३०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित

alt

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा आइतबार बहुमतले पारित भएको छ । मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम पारित गर्नका लागि गरेको प्रस्ताव प्रदेशसभामा उपस्थित बहुमत प्रदेशसभा सदस्यहरुको ध्वनि मतले पारित भएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभामा बिहीबार प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुई दिन छलफल भएपछि उपसभामुख सरस्वती पोखरेलले आइतबार निर्णयार्थ पेस गरेकी थिइन् ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफमा मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि औचित्यपूर्ण रहेकोले शंका नगर्न आग्रह गरेका थिए ।

‘नीति तथा कार्यक्रममा आएका विषय सबै कार्यान्वयन हुन्छ । त्यसमा शंका नगर्न आग्रह छ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा उल्लेख भएका सबै क्षेत्रका लागि आवश्यक बजेट विनियोजन हुन्छ त्यसैले सर्वसम्मतले पास गर्न आग्रह छ ।’

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]