• जेठ ३०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

alt

सुनसरीमा एक साताको लागि निषेधाज्ञा थपिएको छ । 

असार १ गतेदेखि ७ गतेसम्मको लागि निषेधाज्ञाको समय बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालका अनुसार खाद्यान्न, दुध, डेरी, पुस्तक पसल, माछा मासु तथा फलफुल, तरकारीको पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइनेछ । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएकोमा त्यो व्यवहारिक नभएको भन्ने सुरक्षा निकायबाट रिपोटिङ भएपछि समय परिवर्तन गरिएको प्रजिअ ढकालले बताए । यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएकोमा समय सकिन लागेपछि थप एक सातालाई बढाइएको हो । 

उनका अनुसार निषेधाज्ञा ७ गतेसम्म बढाइएको र खाद्यान्न, दुधलगायतका पसल खोल्ने समय परिवर्तन गरेबाहेक विगतका अन्य कुनै पनि निर्णयहरु परिवर्तन भएको छैन । ‘खाद्यान्न, दुध, डेरीलगायत पसलहरु दिउँसो खोल्दा व्यवहारिक भएन भन्ने प्रहरीबाट आएपछि समय फेरिएको छ, बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न दिइएको छ, त्यसपछि फेरि सबै बन्द हुन्छ,’प्रजिअ ढकालले भने । 

कुनै पसल बिहान, कुनै पसल दिउँसो र साँझ खोल्दा धेरे चहल पहल हुने र अन्योल पनि भएको हुनाले एकै समयमा सबैलाई खोल्न दिने निर्णय गरिएको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनका अनुसार निर्माण कार्यको लागि लागि ट्रक, ट्याक्टरहरुलाई निर्वाधरुपमा हिड्न दिने निर्णय भएको छ भने किसानको तरकारी बारीमा कुहिएर नष्ट हुन नदिन तरकारी संकलन र ढुवानीलाई पनि छुट दिइएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]