• असार १, २०७८
  • जुनकिरी खबर

सुनसरीमा बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र पसलहरु खोल्न पाइने

alt

सुनसरीमा आजदेखि खाद्यान्न, तरकारी, दुधडेरी तथा माछामासु पसलहरु खोल्ने समय परिवर्तन भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गतेसम्म निषेधाज्ञाको समय थप गर्दै पसलहरु खोल्ने समय पनि परिवर्तन गरेको हो । बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारी, दुधडेरी तथा माछा मासु पसलहरु खोल्न पाउने प्रशासनले जनाएको छ । ती पसलहरु खोल्दा पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने छ । पसलहरुमा भिडभाड पनि हुन नहुने प्रशासनले जनाएको छ ।

यसैगरि, दुधडेरी तथा दुग्धजन्य पदार्थ, फलफुल तथा तरकारी संकलन तथा ढुवानी निर्वाधरुपले गर्न पाउने प्रशासनले जनाएको छ । तर, सब्जी मण्डी, गुद्री, हाट बजारलगायतका स्थानमा बिक्री वितरण पनि गर्न नपाउने प्रशासनको भनाई छ । पुस्तक तथा स्टेशनरी पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि प्रशासनले बिहान १० बजेदेखि ३ बजेसम्म खाद्यान्न पसलहरु खोल्न दिएको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]