• असार १, २०७८
  • जुनकिरी खबर

नयाँ शैक्षिक सत्रसँगै आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

alt

कोरोना भाइरस महामारीका कारण दुई महिना पछि धकेलिएको शैक्षिक सत्र आज (मङ्गलबार)बाट सुरु भएको छ ।

यसअघि वैशाख १ बाटै नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । महामारीका कारण पठनपाठन र शैक्षिक गतिविधी प्रभावित हुँदा शैक्षिक सत्र ढिलो गरेर सुरु भएको हो । शैक्षिक गतिविधीमा महामारी बाधक बनेपछि शिक्षा मन्त्रालयले नियमावली नै संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिलो गरी सञ्चालन गर्ने निर्णय लिएको थियो ।

शैक्षिक सत्र सुरु भएसँगै आजैबाट मुलुकभरका शैक्षिक संस्थामा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । असार १ बाट सुरु भएको भर्ना अभियान यो महिनाभरी जारी रहने छ । साउन १ गतेबाट पढाई सुरु गर्ने योजना छ । भर्ना अभियानकै बीचमा विद्यार्थीलाई पाठ्यपुस्तक पनि उपलब्ध गराइसक्नुपर्ने छ ।

सङ्घीय सरकारको कार्यतालिका अनुसार स्थानीय सरकारले विद्यार्थी भर्ना अभियान सुरु गरेर यो महिनाभरी सञ्चालन गर्ने छन् । स्थानीय सरकारले भर्ना अभियानलाई प्रभावकारी रुपमा र असार महिनाभर सञ्चालन गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]