• असार ४, २०७८
  • जुनकिरी खबर

वराहक्षेत्रका २२८ कृषकलाई अनुदानमा दुहुना गाई वितरण

alt

वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरण गरेको छ । 

२२८ वटा गाई वितरणको लक्ष्य लिएको नगरको पशु सेवा विभागले बिहीबारसम्ममा १५५ वटा गाई वितरण गरेको छ । कम्तीमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने पशु स्वास्थ्य अधिकृत विमल अधिकारीले जानकारी दिए । 

सो वापत् नगरले ३५ हजार रुपैयाँ प्रति गाई प्रदान गरिरहेको छ । वराहक्षेत्र नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकलाई दुहुना गाई वितरण गरिएको हो । 

आगामी आर्थिक वर्षमा समेत योजनाले निरन्तरता पाउने पशु सेवा प्राविधिक मेघराज बस्नेतले जानकारी दिए । 

चालु आर्थिक वर्षमा गाईसँगै नगरपालिकाले बंगुरको बच्चा बुचो २५ वटा, भुनी १३३ वटा वितरण गरेको छ । प्रजनन्योग्य राँगा ५ वटा, भ्याक्सिन लगाएको टर्की १ हजार वटा वितरण गरिसकेको छ  । 

५०  प्रतिशत अनुदानमा कृषकलाई च्यापकटर वितरण गरिएको छ । पशु स्वास्थ्य प्राविधक विमल अधिकारीका अनुसार नगरद्वारा विनियोजित ५ लाख रुपैयाँबाट च्यापकटर वितरण गरिएको हो । 

यसै गरी बाख्रा वितरण कार्यक्रमअन्तर्गत सशर्त अनुदानमा आएको २० लाख रुपैयाँबाट बाख्रा वितरण गरिएको छ भने विनियोजित ३९ लाख ८० हजारबाट पाडा प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ । 

गोठ खोर सफाइका लागि पावर स्प्रे ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक अधिकारीले जानकारी दिए । 

यसैगरी पूर्ण अनुदानमा ३४ सय केजी जै घाँस र टीओ  सेन्टी घाँस १३ सय ३० केजी वितरण गरिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]