• असार १७, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा १८ प्रतिशत रोपाइँ

alt

असार दोस्रो सातासम्म प्रदेश १ मा समग्रमा १८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा यसपालि बर्खे धान रोपाइँ हुने अनुमान प्रदेश कृषि निर्देशनालयको छ ।

निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्रमा १७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । ताप्लेजुङमा २२, संखुवासभामा १० र सोलुखुम्बुमा ४६ प्रतिशत रोपाइँ भएको छ ।मध्य पहाडी क्षेत्रमा समग्रमा २८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । निर्देशनालयका अनुसार पाँचथरमा २७, इलाममा २२, भोजपुरमा ५०, तेह्रथुममा ३५, धनकुटामा १५, उदयपुरमा १२, ओखलढुंगामा ११ र खोटाङमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

अन्न भण्डार मानिने तराईका मोरङ, सुनसरी र झापामा सोमबारसम्म समग्रमा १४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।मोरङको ८३ हजार ३ सय हेक्टरमध्ये १२ प्रतिशत, सुनसरीको ५५ हजार हेक्टरमध्ये १३ प्रतिशत र झापाको ८७ हजार ५ सय हेक्टरमध्ये १७ प्रतिशत क्षेत्रफलमा असारको दोस्रो सातासम्ममा रोपाइँ भएको निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले बताए । पहाडी क्षेत्रमा असारभरि र तराईमा भदौ पहिलो सातासम्म धान रोपाइँ हुने गरेको छ ।

ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखुम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ हुने निर्देशनालयको अनुमान छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]