• असार १९, २०७८
  • जुनकिरी खबर

बाढी प्रभाबितलाई मनोविमर्श सेवा दिदै तरङ्गिन फाउन्डेसन र ओरेक

alt

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा विपद्का कारण विस्थापित भएर अस्थायी स्थलमा आश्रय लिइरहेका परिवारहरू तथा बाढी प्रभावित समुदायलाई तरङ्गिन फाउन्डेसन र ओरेक नेपालले मनोसामाजिक मनोविमर्शमार्फत सहयोग अभियान सञ्चालन गरेको छ । 
 
मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकाको सहकार्यमा यो अभियान सुरु भएको हो । अभियान अन्तर्गत बाढी प्रभावित किशोरीहरू र महिलाहरूलाई परामर्शकर्ताहरूबाट स्वहेरचाह र मनोविमर्श सेवाहरू प्रदान गर्ने छन् । साथै विपतको कारण हुने तनाव, चिन्ता, समस्या वा महिला तथा किशोरीमाथि हुने हिंसाका बारेमा परामर्शकर्ताले सहजीकरण गर्ने छन् । 
 
अहिले बाढी प्रभावित हेलम्बुमा ८ जना मनोविमर्शकर्ता र २ जना पब्लिक हेल्थको टिम मार्फत बाढी प्रभावित समुदायलाई सहयोग गदै आएको छ । हेलम्बुको ४ वटा वडामा सेन्टर बनाएर टिमले १५ दिनसम्म काम गर्ने ओरेक नेपालको स्थापन अध्यक्ष एवम् तरङ्गिन फाउन्डेसनको अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिनुभयो । साथै बाढी प्रभावित यी क्षेत्रका बालबालिकाहरूलाई समेत मन विमर्शको कामसँगै आर्ट थेरापी सञ्चालन भइरहेको बताउनुभयो । 
 
अधिकारीका अनुसार हेलम्बु क्षेत्रमा कोरोनाको सङ्क्रमण बढी रहेको अवस्थामा पनि सुरक्षित भएर टिमले काम गरिरहेको बताउनुभयो । स्थानीय निकायबाट पनि यो अभियानलाई पूर्ण सहयोग भइरहेको वहाँको भनाई छ । 
 
असार १ गते सिन्धुपाल्चोक जिल्लामा आएको बाढी र पहिरोका कारण करिब ९ सय जना बासिन्दा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको विवरण छ। जसमा मेलम्ची नगरपालिकाका अन्दाजी ६०० जना र हेलम्बु गाउँपालिकाका अन्दाजी ३०० जना बासिन्दा प्रभावित भएको जनाइएको छ । 
 
Helmbu (1)
fdf
 
Helmbu (1)
Helmbu (2)
 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]