• असार २०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ : माओवादीले चल्‍न दिएन सभा बैठक

alt

नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ।  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो। असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए।

मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवादी केन्द्रको माग छ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि उपसभामुख सरस्वती पोखरेलले असार २१ गते सोमबारसम्मका लागि बैठक स्थगित गरेकी छन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]