• असार २२, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै

alt

आज र भोलि प्रदेश १ मा ६० हजार ३ सय ५४ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईदैछ ।

स्वास्थ्य निर्देशनालय धनकुटा प्रदेश १ का खोप अधिकृत उदेश श्रेष्ठका अनुसार प्रदेश १ को १४ जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समुहकाहरुलाई ८ सय ३२ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाईदैछ ।

कुनै पालिकाहरूमा पालिकामा मात्रै त कुनैमा वडा वडामा पनि खोप केन्द्र बनाएर खोप लगाउनेहरूको सहजताका लागि खोप लगाइँदै गरिएको उनले बताए । दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट लगाइने खोप यस पटक यस भन्दा अघिका भेरोसेल खोप लगाउनेहरूका लागि मात्रै भएको पनि उनले बताए ।

पछिल्लो समय कोरोना विरुद्धको खोपको अत्यन्तै बढी माग भएको र पहिलो पटक कोरोना विरुद्धको खोप स्वास्थ्यकर्मीले पनि लगाउन डराएको बताउँदै खोपको माग अत्यन्तै बढिरहेको अधिकृत श्रेष्ठले बताए ।

यसै गरी धरान उपमहानगरपालिकामा पनि आज र भोलि २१४४ जनालाई भेरोसेल खोप लगाईदैछ । धरानमा धरानको छाता चौक स्थित पुरानो हस्पिटल भित्र रहेको धरान स्वास्थ्य चौकी, धरान १८ को कार्मेल हाईस्कुल र धरान १५ स्थित श्याम चोक सेवा समाजको भवनमा गरी तीन वटा खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाइँदै गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यसअघि जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई मात्र दोस्रो मात्रा खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]