• असार २२, २०७८
  • जुनकिरी खबर

बराहक्षेत्रबाट १५० केजी गाँजा र नक्कली पेस्तोलसहित २ पक्राउ

alt

सुनसरीको बराहक्षेत्रबाट प्रहरीले मंगलबार एकथान नक्कली पेस्तोल र १ सय ५० केजी गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे बस्ने २२ वर्षीय भुपेन राय र सुनसरीको रामधुनी नगरपालिका– ७ का बस्ने २५ वर्षीय अमिर लिम्बू रहेका छन् । प्रहरीले शुक्रबारेबाट उनीहरुलाई गाँजा, मोबाइल र नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बराहक्षेत्रको चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकल रोकेर चेक गर्दा भेनबाट १ सय ५० केजी गाँजा र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल बरामद गरेको थियो ।

प्रहरीलाई देख्‍ना साथ तत्काल फरार रहेका अन्य २ जनाको खोजी कार्य भइरहेको छ । गाँजा तस्करहरुले धनकुटाको आहाले, सहिदभूमि गाउँपालिका लगायत क्षेत्रबाट गाँजा तस्कर गरी भारतीय बजारमा बेच्‍ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]