• असार २३, २०७८
  • जुनकिरी खबर

हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा

alt

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् । उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले नियुक्ति पत्र नदिएको भन्दै मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिन पुगेका मध्ये ९३ जना मजदुरलाई बुधबारबाट काममा आउन रोकेपछि उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले २०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ती पत्र दिने सहमति गरेको भए पनि सो कार्यान्वयन नभएपछि श्रम कार्यालयमा उजुरी दिएको नेपाल ट्रेड युनियन कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए । उक्त उजुरी पश्चात एक्कासी उद्योगले बुधबारबाट काममा आउन रोकेको उनको भनाइ छ । तीनदेखि १४ वर्षसम्म काम गरिरहेका कामदारलाई उद्योगले निकालेको उनको भनाइ छ ।

मजदुरले प्रदर्शन गरेपछि उद्योगको उत्पादन ठप्प भएको छ । हटाइएका मजदुरलाई पुनर्वहालीको माग राखेर उद्योगको गेट अगाडि धर्ना दिने काम भइरहेको उनले बताए ।

उद्योगका महाप्रबन्धक मुकेश कोठारीले भने कामदार निकालिएको विषयमा आफूलाई जानकारी नभएको बताए । काम विषेशले आफू काठमाडौंमा रहेको बताउँदै उनले कामदार निकालिएको विषयमा जानकारी नभएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]