• असार २५, २०७८
  • जुनकिरी खबर

होटल व्यवसायी संघ इटहरीमा पुनः जीवन पराजुली नै अध्यक्ष

alt

होटल व्यवसायी संघ इटहरीको १० औ अधिवेसनबाट निर्वाचीत भएका पदाधिकारीहरुको कार्यकाल शुक्रबारदेखि समाप्त भएको छ ।

नयाँ कार्यसमिति चयनको लागि शुक्रबार संघले उद्योग बार्णीज्य संघ इटहरीको सभाहलमा संघका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथ्यताका ११ औ साधारण सभा गरेको छ । साधारण सभामा बोल्दै होटल व्यवसायी संघका निर्वतमान अध्यक्ष जीवन पराजुलीलले कोरोना महामारीका कारण आफ्नो कार्यकालमा सोचेको काम गर्न नसकेको बताउनुभएको छ । त्यसका बाबजुद पनि आफूले व्यसायीको हक हितका लागि काम गर्न भने नछोडेको उहाँको भनाइ छ । कोरोनाले होटल व्यवसायी लाई परेको प्रभावका विषयमा सारोकार वालाहरुसँग विभिन्न छलफल र सुहिलयतको लागि पहल गरेको उहाँले जानकारी दिनुभयो । यस्तै विभिन्न व्यक्ति तथा संस्थाहरुको समन्वयमा व्यसायीक हितको लागि समेत आफू भरपुर काम गरेको उहाँको भनाइ छ ।

कोरोना महामारीको समयमा अन्य व्यवसायको तुलनामा होटल व्यवसाय तुलनात्मक रुपमा बढी प्रभावित भएको होटल व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले बताउनुभयो । महामारीले मात्रै नभएर होटल व्यसायीबाट समेत सास्ती खेप्नु परेको उहाँको गुनासो छ ।

संघको छाता संठन उद्योग बाणीज्य संघका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि भिम बहादुर पौडेलले सफलतापूर्व कार्यकाल सम्पन्न गरेकोमा बधाइ ज्ञापन गर्नुभएको छ । होटल व्यवसायी संघले उद्योग बाणीज्य संघलाई पनि ठूलो सहयोग गरेको भन्दै उहाँले आभार प्रकट गर्नुभएको छ ।

११ औँ साधारण सभाबाट जीवन पराजुली नै पुनः अध्यक्षमा नियुक्त हुनुभएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, उपाध्यक्षहरु प्रकाश महतो, पुनम थापामगर र कृष्ण निरौला नियुक्त हुनुभएको छ । यस्तै महासचिवमा जय प्रकाश उपाध्याय, सचिवमा आरोन कार्की, कोषाध्यक्षमा बाबुराम गिरी र सह कोषाध्यक्षमा टिकाबहादुर कटुवाल रहनुभएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]