• असार २५, २०७८
  • जुनकिरी खबर

देश १ मा आज ३५२ जना कोरोना सङ्क्रमित थपिए

alt

प्रदेश १ मा आज ३५२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, सङ्खुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ४१, इटहरीमा ३५, इनरुवा र वराहक्षेत्रमा २–२ जना, देवानगन्ज, दुहबी, रामधुनीमा १–१ जना र स्थानीय निकाय नखुलेको ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हाल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बाह्रदशीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, सङ्खुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ४२७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]