• असार २७, २०७८
  • जुनकिरी खबर

इटहरीको मायाघरका ३६ जनामा कोरोना पुष्टि

alt

इटहरीस्थित मायाघरमा आश्रित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले स्वास्थ्य परीक्षण गर्दा मायाघरमा आश्रय लिइरहेका ८५ जनामध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड–१९ होमआइसोलेन सपोर्ट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ संक्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड–१९ का लक्षण देखिएको छ ।

कोरोना संक्रमित देखिएपनि हालसम्म उनीहरुको अवस्था भने सामान्य रहेको छ । उपप्रमुख लक्ष्मी गौतमका अनुसार संक्रमितहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्सलगायत स्वास्थ्य सामाग्री वितरण गरिएको छ । उनका अनुसार सबै संक्रमितलाई इटहरी अस्पतालले स्वास्थ्य निगरानी गरिरहेको छ ।

मायाघरकी सञ्चालक समितिकी सचिव सुभद्रा प्याकुरेलले भनिन्, ‘कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये ३ वर्षीया बालिकादेखि ६० वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भयो । मायाघरलाई नै क्वारेन्टिन बनाएर राखेका छौं । संक्रमित नभएकाहरुलाई छुट्टै कोठामा राखेका छौं ।’

निषेधाज्ञा खुकुलो भएपछि मायाघरमा पनि मानिसको आवतजावत बढेपछि कोरोना संक्रमण भएको हुनसक्ने उनले बताइन् । उनका अनुुसार इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधिले मायाघरको निरीक्षण गरेर जनस्वास्थ्य अवस्था मूल्यांकनसमेत गरेका छन् । कोरोना संक्रमणकै कारण मायाघरमा नयाँ व्यक्तिहरुलाई ल्याउन भने केही समय बन्द गरिएको उनले बताइन् ।

मायाघरले विभिन्न कारणले घरबाट निकालिएका, आमाबाबुविहीन, बेवारिसे, मानसिक सन्तुलत ठीक नभएका महिला र बालबालिकाहरुलाई उद्धार गरेर आश्रय दिँदै आइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]