• असार २८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा एकैदिन तीन महिलाको शव भेटियो

alt

प्रदेश १ मा एकै दिन तीन जना महिला मृत भेटिएका छन् । झापा, मोरङ र इलाममा गरी तीन जना मृत भेटिएका हुन् । प्रहरीका अनुसार झापाको विर्तामोड नगरपालिका– ५ की २६ वर्षीया सृजना बस्नेत, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेव र उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत ४८ वर्षीया विमला पराजुली मृत भेटिएका हुन् ।

तीन जनाको मृत्यु शंकास्पद छ । मोरङकी २४ वर्षीय ऋषिदेव घर नजिकैको गछिया खोलामा  अर्धनग्न अवस्थामा फेला परेकी हुन् । झापा विर्तामोडकी २६ वर्षीय बस्नेत पनि डेरा अगाडिको सडकमा अर्धनग्न अवस्थामा फेला परेकी हुन् ।

४८ वर्षीय पराजुलीको शव कार्यालय परिसरमा घोप्टो परेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोमबार गछिया खोलामा ऋषिदेवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोलाबीचको भङ्गालोमा घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो । 

महिलाको कम्मरमुनिको भाग कपडाविहीन थियो । कम्मरमाथि पनि भित्री वस्त्र मात्रै रहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

 घटना शङ्कास्पद देखिएपछि शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले मृतकका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई पक्राउ गरेको उनले बताए ।

 प्रहरीका अनुसार आइतबारसाँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृत फेला परेकी छेविनीको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।

 झापाको बिर्तामोड नगरपालिका–५ मा आज (सोमबार) बिहान २६ वर्षीया बस्नेतको शव फेला परेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले बताए । सानीआमासँग डेरा बस्दै आएकी उनको शव डेरा अगाडिको बाटोमा अर्धनग्न अवस्थामा फेला परेको  हो ।

प्रहरीका अनुसार मृतकको शरिरमा निलडाम देखिएको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धान सुरु गरेको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको छ ।
 
उच्च अदालत विराटनगरको इलाम इजलास परिसरभित्र कार्यालय सहयोगी पराजुली मृत भेटिएकी हुन् । सोलुखुम्बु घर भएकी ४८ वर्षीय पराजुलीको शव कार्यालय परिसरभित्र घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा भेटिएको शवमा बाहिरी चोटपटक देखिएको छैन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]