• असार ३०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा कोरोना संक्रमित बढेपछि निषेधाज्ञा कडा हुन सक्ने

alt

सुनसरीमा निषेधाज्ञा खुकुलो भएपछि कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको छ ।

विगतमा कोरोना संक्रमणदर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा कडाइका साथ जारी गर्दा संक्रमणदर घटेको थियो । पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।

अहिले आएर हप्तामा ७ सय देखि ८ सय ५० जना सम्ममा कोरोना सङ्क्रमण भइरहेको बताउँदै प्रमुख प्रसाईँले भने सर्वसाधारणको अटेरीपन र लापर्वहीको कारण सुनसरीमा कोरोना संक्रमणदर नघटेको हो । सुनसरीका १२ पालिका मध्ये सबै भन्दा बढी सङ्क्रमण धरान उपमहानगरपालिकामा फैलिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा अहिले आएर दैनिक संक्रमणदर ५० देखि माथि रहेको छ । धरानमा अहिले सम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार पछिल्लो समय धरानमा संक्रमणदर बढी भए पनि मृत्यु दर भने घटेको छ ।

सुनसरीको इटहरीमा अहिले सम्म ३ हजार ५ सय ६७ जनामा कोरोना सङ्क्रमण भएको छ भने ६५ जनाको मृत्यु भएको छ ।

सुनसरी जिल्लामा पछिल्लो समय कोरोना संक्रमणदर निषेधाज्ञा खुकुलो भएपछि बढेको जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बताएको छ । विशेष गरी धरानमा संक्रमणदर उच्च रहेको पाईएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको समेत ध्यानाकर्षण भएको छ ।

निषेधाज्ञा खुकुलो गरेर लागु गरिएको वर्तमान अवस्थामा भोलि फेरि डिसिसिएमसीको बैठक बसेर यही मोडलमा निषेधाज्ञा थपिन सक्ने बताउँदै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले भने धरानको हकमा भने केही कडाइ हुन सक्ने निर्णय हुन सक्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]