• असार ३०, २०७८
  • जुनकिरी खबर

वीपीमा आकस्मिक र कोभिडबाहेक सेवाहरु बहिष्कार गर्ने

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरण आन्दोलन जारी राखेको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पत्र पठाउदै समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको अडान रहेकोले हस्तक्षेपकारी भुमिकाको अपेक्षा जनाएको छ । समितिले ४८ घण्टाभित्र मागहरु पुरा नभए साउन १ गते शुक्रबारदेखि बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पुर्वनिर्धारित परीक्षा कार्यक्रमबाहेक सम्पुर्ण सेवाहरुमा उपस्थित नहुने घोषणा गरेको छ ।

आफुहरुले राखेको मागहरु सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने पनि संघर्ष समितिले अडान दोहोर्याएको छ । समितिले ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटि गठन गर्न माग गरेको छ । यस्तै, प्रतिष्ठानको अनियमितता, भ्रष्टाचार, बेथितीबारे उच्चस्तरीय छानबिन आयोग गठन गरेर दोषी देखिएकाहरुलाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउन पनि संघर्ष समितिले माग गरेको छ । असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न, दोषी देखिए कारबाही गर्न र उपकुलपति प्राध्यापक भए नभएको सत्यतथ्य जानकारी गराउन पनि माग गरिएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]