• साउन ३, २०७८
  • जुनकिरी खबर

इटहरीमा ४९ सहित प्रदेश १ मा २५२ संक्रमित थपिए

alt

प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।


झापाको दमकमा २४, विर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५–५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १–१, ते¥हथुमको मेन्छेयायेममा २, म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]