• साउन १०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा श्रावण १९ गतेसम्म निषेधाज्ञा थप

alt

सुनसरीमा श्रावण १९ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको छ ।  जिल्ला प्रशासन कार्यालय सुनसरीको आज बसेको डिसिसिएमसीको बैठकले साउन ११ गते देखी साउन १९ गते मध्यराती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने निस्किनै परे नेपाल सरकारद्वारा तोकिएको २ (दुई) मिटरको भौतिक दुरी, स्वास्थ्य मापदण्ड (साबुन पानीले हात धुने, मास्क र सेनिटाईजरको प्रयोग ) अनिवार्य रूपले पालना गर्ने । कुनै पनि स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायतका भिडभाड गर्न नपाइने जनाइएको छ ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रमा अनिवार्य मास्क प्रयोगका लागि प्रचार पसार गर्ने आवश्यक मात्रामा मास्क वितरण गर्ने व्यवस्था मिलाउने मास्क नलगाई हिडने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिने पनि निर्णय भएको छ । कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले कार्यालयमा भिडभाड नहुने गरी आलोपालो प्रणाली अपनाई नियमित सेवा प्रवाह पाउनेछ ।

पसल तथा व्यवसाय सञ्चालनको हकमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड (भौतिक दुरी, मास्क अनिवार्य, साबुन पानी वा स्यानिटाइजर को व्यवस्था) पूर्ण रूपले पालना गर्नुपर्ने डिसिसिएमसीको निर्णयमा उल्लेख छ ।

कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १२ बजे सम्म सञ्चालन गर्न पाउने । यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गरेको हुनु पर्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]