• साउन १२, २०७८
  • जुनकिरी खबर

भारी वर्षाले भूक्षय र पहिरोको खतरा छ सतर्क रहनू: मौसम विभाग

alt

मौसमविदहरुका अनुसार यो साता देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, पहिरो, गेग्रान बहाव जस्ता प्राकृतिक प्रकोपको सम्भावना छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा मनसुन सक्रिय भएको बताइएको छ । मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । बिहानदेखि प्रदेश १, वाग्मती प्रदेश र गण्डकीका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

साथै जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]