• साउन १४, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का तराईका जिल्लामा नक्कली औषधिको बिगबिगी

alt

प्रदेश १ का तराईका जिल्लामा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नक्कली औषधि बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। झापा, सुनसरी र मोरङको विराटनगरमा नक्कली औषधि कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। औषधि व्यवस्था विभागले गत आर्थिक वर्षमा १५ जनालाई दर्ता नभएका औषधि आयात गरेको र नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरेको छ।

विभागले उनीहरूलाई औषधि ऐन २०३५ अनुसार कारवाही गर्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सुनसरी धरान–४ का जीवन अग्रवाल, विराटनगर महानगरपालिका–१ स्थित म्याक्स फार्मेसीका सञ्चालक दीपककुमार राय र सप्तरी घर भई विराटनगरमा महुली फार्मेसी सञ्चालन गर्ने प्रशान्तकुमार चौधरी, दादरबैरियाका पाण्डव राजवंशी, जिगारी फार्मेसीका नौसाद आलमलाई नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले गत वर्ष साउन १३ गते मध्यराति विराटनगरका मुख्य अस्पतालका परिसरमा सञ्चालित फार्मेसीहरूमा छापा मारेर नक्कली औषधि बिक्री वितरण गरेकोमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सूचनाका आधारमा विराटनगरका न्युरो, म्याक्स, विराट नर्सिङ होम र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन रक्षाका महँगा औषधिको नक्कली लेबल र स्टिकर टाँसेर बिक्री गरेको फेला परेको थियो। त्यसपछि विभागले अनुसन्धान गरी जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

झापाको बाह्रदशी गाउँपालिका–४ का इतियाज आलम, सोही स्थानका सम्दान हुसेन, ताहिर आलम र काठमाडौं बौद्धका फुन्चोशक शेर्पालाई बिनादर्ता औषधि ओसारपसार, निकासी पैठारी र सञ्चय गरेको अभियोगमा मुद्दा चलाएको छ। झापाको बिर्तामोड नगरपालिकाका राजेन्द्र पन्धाक र हल्दीबारी गाउँपालिका–४ का बितबहादुर रायमाथि जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेको विभागले जनाएको छ।

बिनादर्ता युनानी (होम्योप्याथिक) औषधि ओसारपसार र बेचेको अभियोगमा सुनसरीको कोसी गाउँपालिका–४ का मोहम्मद जालिम मियाँ र मोहम्मद हुसेन मन्सुरीमाथि पनि जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको छ। मोरङको सुन्दरहरैंचा–४ का मोहम्मद मुस्तफा र मोहम्मद अकबरविरूद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्गाले जानकारी दिए।

विभागले अनुसन्धान गरेर औषधि ऐन २०३५ अनुसार थप कारवाहीका लागि मुद्दा दायर गरिएको उनले बताए। प्रहरीले नक्कली लेबल र स्टिकरसहित ३ हजार ४४ पिस औषधि नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]