• साउन १५, २०७८
  • जुनकिरी खबर

सुनसरीमा तीन महिनामा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु

alt

कोरोनाको दोस्रो लहर सुरु भए यता सुनसरीमा अहिले सम्म १४ हजार ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सङ्क्रमणको तथ्याङ्कलाई हेर्ने हो भने सबै भन्दा बढी धरान उपमहानगरपालिकामा साढे ३ महिनाको अवधिमा ५ हजार ५२ जनालाई कोरोना सङ्क्रमण भएको छ भने १ सय २४ जनाको मृत्यु भएको छ । सुनसरी जिल्लाकै १२ पालिका मध्ये धरान कोरोना सङ्क्रमणको उच्च विन्दुमा रहेको छ ।

इटहरी उपमहानगरपालिकामा दोस्रो लहरबाट ४ हजार ८ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ७९ जनाको मृत्यु भएको छ । इटहरी धरान पछि दोस्रो उच्च सङ्क्रमित रहेको पालिका बनेको छ । इटहरी पछि सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा १ हजार १ सय ५५ जनामा कोरोना सङ्क्रमण पाईएको छ भने २८ जनाको मृत्यु भएको छ ।

वराहक्षेत्र नगरपालिकामा ७ सय ७९ जनामा कोरोना सङ्क्रमण भएको मध्ये २६ जनाको मृत्यु, रामधुनी नगरपालिकामा ५ सय ३३ जनामा सङ्क्रमण १३ जनाको मृत्यु, दुहबी नगरपालिकामा ४ सय २६ जनामा सङ्क्रमण १० जनाको मृत्यु, बर्जू गाउँपालिकामा २ सय ७८ जनामा सङ्क्रमण ३ जनाको मृत्यु, देवानगञ्ज गाउँपालिकामा २ सय ५० जनामा सङ्क्रमण ३ जनाको मृत्यु, गढी गाउँपालिकामा १ सय ७० जनामा सङ्क्रमण ८ जनाको मृत्यु भएको छ ।

यसै गरी भोक्राहानरसिंह गाउँपालिकामा १ सय ३४ जनामा सङ्क्रमण ६ जनाको मृत्यु, कोसी गाउँपालिकामा १ सय २५ जनामा सङ्क्रमण, ४ जनाको मृत्यु, हरीनगरा गाउँपालिकामा १ सय १ जनामा सङ्क्रमण २ जनाको मृत्यु भएको छ भने सुनसरीको स्थानीय तह नखुलेका २ सय ३६ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कोरोनाको दोस्रो लहर वैशाख यता अहिले सम्म सुनसरी जिल्लामा १४ हजार ९९ जनामा कोरोना सङ्क्रमण भएको र ३ सय ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै सुनसरीमा कोरोना संक्रमणदर उच्च बन्दै गएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए । सर्वसाधारणको अटेरीपन र लापर्वहीले गर्दा संक्रमणदर सँगै मृत्यु दर पनि उच्च हुँदै गएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]