• साउन १८, २०७८
  • जुनकिरी खबर

श्रीमतीको रिसले छिमेकी महिलामाथि एसिड हान्ने पक्राउ

alt

श्रीमतीको रिसले छिमेकी महिलालाई एसिड प्रहार गर्ने सुनसरीको बराहक्षेत्र ३ हर्दिया का ३० वर्षीय रोमन राजधामी पक्राउ परेका छन् । गत साउन १२ गते छिमेकी ४३ वर्षकी श्यामकुमारी धामीलाई एसिड हानेर भागेका रोमन साउन १५ गते पक्राउ परेका हुन् ।

रोमनले त्यो दिनआफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई एसिड प्रहार गर्न खोजेका थिए । चुरोटको विषयमा भएको वादविवाद बढ्दै गएपछि उनले एसिड प्रहार गर्न खोजेका थिए ।

श्रीमानले एसिड हान्न खोजेको थाहा पाउने बित्तिकै डरले भागेकी सरस्वती ज्यान जोगाउन छिमेकी श्यामकुमारी धामीको घरमा लुकेकी थिइन् । हातमा एसिडको बोतल बोकी पछिपछि लखेट्दै गएका रोमनले बाहिरबाट ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेका थिए । 

त्यसो नगर्न सम्झाउने क्रममा बाहिर निस्केकी धामीको टाउको तथा अनुहारमा रोमनले एसिड हानेको प्रहरीले जानकारी दिएको छ । सो क्रममा रोमनलाई रोक्न आएका छिमेकी २१ वर्षीय सुनम राजधामी र १९ वर्षीय सुजन राजधामीसमेत एसिडको छिटाले लागेर घाइते भएका थिए । 

गम्भीर घाइते भएकी श्यामकुमारी धामीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकी थप उपचारका लागि विराटनगरको म्याक्स अस्पताल लगिएको छ । 

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसपछि घटनामा संलग्न रहेका रोमन फरार रहेका थिए। काठमाडौंको गौशालाबाट पक्राउ परेका रोममाथि एसिड आक्रमण (कुटपिट वा अंगभंगसम्बन्धी कसुर)  मुद्धामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]