• साउन १४, २०७६
  • जुनकिरी खबर

देशभर ८० प्रतिशतमात्रै रोपाइँ

alt

मुलुकभर ८० प्रतिशत खेतमा धान रोपाई सकिएको कृषि विभागले जनाएको छ । साउन दोस्रो हप्ता सकिनै लाग्दा प्रदेश १ मा सबैभन्दा कम र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई सकिएको छ ।

कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जारी गरेको विवरण गत वर्ष सोही अवधिमा ८१ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो ।

विवरण अनुसार प्रदेश २ मा ७४ दशमलब ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलब ८३ प्रतिशत, गण्डकी र प्रदेश ४ मा ८४ प्रतिशत र कर्णाली प्रदेशमा ९२ दशमलब ४० धान रोपाइँ सकिएको छ ।

भूगोलको हिसाबले उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत, मध्य पहाडमा ८० दशमलब ७८ प्रतिशत र तराईमा ७९ दशमलब ७८ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको तथ्याङ्क अवधिमा भन्दा यस वर्ष १.१२ प्रतिशतले रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]