• साउन २३, २०७८
  • जुनकिरी खबर

रोटरी क्लब अफ इटहरीद्वारा चारकोशे जंगलमा वृक्षारोपण

alt

पर्यावरण जोगाउन भन्दै रोटरी क्लब अफ इटहरीले शनिवार चारकोशे झाडीको खाली ठाउँमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

हासपोसा सामुदायिक बन उपभोक्ता समूहले संरक्षण गर्दै आएको बन क्षेत्रको खाली भूभागमा ४ सय बढी फलफूलका बिरुवा रोपेको छ । बन उपभोक्ता समूह र प्रकृति संरक्षण अभियान लगायतका सस्थासंगको सहकार्यमा आँप, लिची अम्बा, अमला, बेल लगायत फलफूल रोपिएको बताइएको छ ।

क्लबकी अध्यक्ष शोभा कोइरालाका अनुसार जङ्गलको खाली भूभागमा फलफूलका बिरुवा रोप्दा वातावरण र जङ्गली जनावरको संरक्षण हुनेगरि उक्त क्षेत्रमा वृक्षारोपण गरिएको हो । जङ्गल मासिँदै जाँदा वातावरण पनि बिग्रँदै गएको, चराचुरुङ्गीहरू बसाइ सर्ने र बाँदरहरू खानेकुराको खोजीमा गाउँ सहर पस्ने गरेको बुझेर फलफूलका बिरुवा रोप्ने निर्णय गरिएको उनको भनाइ छ ।

पर्यावरणको लागी चराचुरुङ्गी तथा वन्यजन्तुको धेरै महत्त्व हुने प्रकृति संरक्षण अभियानका अभियन्ता ध्रुव घिमिरेले बताए । जङ्गल क्षेत्रमा फलफूल हुनु पर्यावरण सन्तुलनको मानक हुने उनको भनाइ छ ।

वृक्षारोपण कार्यक्रममा सहभागी भएका उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले बिरुवा जोगाउने काममा सक्दो सहयोग गर्ने बताए ।

रोटरी क्लब इटहरीले क्लब स्थापनाको २५ वर्ष प्रवेश गरेको अवसरमा वृक्षारोपण लगायतका कामहरू गरी रहेको छ । क्लबले यसअघि ताल तलैया क्षेत्रमा पनि वृक्षारोपण गरिसकेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]