• साउन २४, २०७८
  • जुनकिरी खबर

इटहरीमा एकै दिन ७५ जनामा कोरोना सङ्क्रमण

alt

 प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना सङ्क्रमण भएको छ। ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३-३, सङ्खुवासभा, खोटाङ र उदयपुरमा २-२ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको छ।

मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २-२, लेटाङ, जहदा र कटहरीमा १-१, सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जू, रामधुनी, इनरुवा र कोसी गाउँपालिकामा २-२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ३९, शिवसताक्षीमा १४, बिर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमल गाउँपालिकामा ५-५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हाल्दिबारी र कनकाईमा १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३-३, देउमाई र सूर्योदयमा १-१, धनकुटाको पख्रिबास, महालक्ष्मी र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको धर्मदेवी र खाँदबारीमा १-१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]