• साउन १४, २०७६
  • जुनकिरी खबर

पुरानै संरचनामा रूमल्लिँदै प्रतिपक्षी दल कांग्रेस

alt

संघीयतालाई आत्मसाथ गर्न नसकेको आरोप खेपीरहेको प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी संरचना पनि पुरानै ढंगले चलिरहेको छ । संघीयताको ढाँचा अनुसारको विधान गत फागुनमा पारित गरेको थियो । तर प्रदेश तथा स्थानीय स्तरमा पार्टीले निर्वाचन गरेर नयाँ नेतृत्व ल्याउन ढिलाई गरेका कारण काँग्रेसको सांगठानिक ढाँचा पुरानै किसिमले चलिरहेको हो ।

संघीय ढाँचाको पार्टी संरचना बनाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार काँग्रेसले आफनो विधानलाई परिमार्जनसहित पारित गरिसकेको भएपनि संगठनिक संरचना विधान अनुरुप बनाउन सकेको छैन । पार्टी भित्रको विभिन्न गुट तथा आन्तरिक राजनीतिलाई मिलाउन नसक्दा काँग्रेसको संरचना पुरानै ढाँचाको छ ।

काँग्रेसले अहिलेसम्म पनि प्रदेश समिति, १६५ सदस्यीय क्षेत्रीय समिति, ३३० प्रदेश स्तरीय निर्वाचन क्षेत्र समिति तथा साविक गाउँ र नगर समितिको निर्वाचन गराउन सकेको छैन । जसका कारण निर्वाचन क्षेत्र तथा भुगोल परिवर्तन भएपनि काँग्रेसको नेतृत्व पुरानै तरिकाले चलिरहेको छ । गुटगत राजनीतिका कारण पार्टीको १४ औ महाधिवेशन अघि प्रदेश तथा स्थानीय निकायको निर्वाचन गर्न नसके विधानको धारा ७२को उपधारा ४ लाई निलम्बन गरेर संक्रमणकालिन व्यवस्था अन्तर्गत तदर्थ समिति बनाएर अगाडी बढने बारे पनि काँग्रेस भित्र छलफल जारी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]