• साउन २८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३४७ महिला र ३६३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१,  मांसेबुङमा २, सुर्योदय र रोङमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]