• भदौ ५, २०७८
  • जुनकिरी खबर

सुनसरीमा ६६ जना सहित प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

alt

सुनसरीमा ६६ जना सहित प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७३९ जनाको पीसीआर परीक्षण गर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३–३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहबी, इनरुवा र वराहक्षेत्रमा २–२, बर्जू र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]