• भदौ ५, २०७८
  • जुनकिरी खबर

सप्तकोसीले कटान गरेको श्रीलंका टापुको क्षति मूल्यांकन गर्न समिति गठन

alt

सप्तकोसी नदीको बाढीले बगाएको श्रीलंका टापुको क्षति मूल्यांकन गर्न छानविन समिति गठन गरिएको छ। श्रीलंका टापुको बस्ती जोखिम शिर्षककमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले क्षतिको मूल्यांकन गर्न छानविन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

सप्तकोसीको बीच भागमा पर्ने श्रीलंका टापुमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को दर्जनौ मानव बस्ती र खेती योग्य जमिन बगाएको छ। बाढीको त्रासका कारण यहाँका सयौं घरपरिवार विस्तापित हुने अवस्था सिर्जना भए पश्चात अन्नपूर्ण पोस्ट डटकम र अन्नपूर्ण पोस्ट दैनिकले प्राथमिकताका साथ समाचार प्रकासित गरेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीको ध्यानाकर्षण भएको र क्षतिको मूल्यांकन गर्न छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले छानकारी दिए। 

कोसीले बगाएको घर, खेतकोस्थलगत निरीक्षण गरी क्षतिको मूल्यांकन गर्न सुनसरी मोरङ सिंचाई आयोजनाका प्रमुख भिलानन्द यादवको संयोजकत्वमा चार सदस्य समिति गठन गरिएको छ।

समितिको सदस्यमा कोसी बक्राहा नदी सिंचाई आयोजनाका प्रमुख कैलाश श्रेष्ठ, भुआर्जन कार्यालय विराटनगरका प्रमुख भविन्द्र घिमिरे र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका इन्जिनियर देबकृष्ण साह छन्। प्रजिअ ढकालले टोलीको प्रतिवेदनका आधारमा  भारत पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन र सप्तकोसीको पश्चिम  क्षेत्रमा तटबन्ध निर्माण गर्न पत्रचार गर्ने जानकारी दिएका छन्। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]