• भदौ ६, २०७८
  • जुनकिरी खबर

स्वास्थ्यकर्मीसहित संक्रमितको घरमा पुग्दै मेयर द्वारिकलाल

alt

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरमा पुग्‍न थालेका छन्। कोरोना संक्रमितहरूलाई मनोबल प्रदान गर्न र स्वास्थ्योपचार र थप परामर्श दिन उनी स्वास्थ्यकर्मीको टोलीसहित घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुगेका हुन्।

इटहरी अस्पतालका इमरजेन्सी इन्‍चार्ज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमित इटहरी-१४ का वडा सदस्य दुखीलाल चौधरी, इटहरी ५ का सदस्यद्वय ईश्वर विक्रम शाह, सन्तोष पराजुलीका घरैमा पुगेर स्वास्थ्य परामर्श दिएको छ।

टोलीले संक्रमितहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएर आवश्यक औषधि, सल्लाह सुझावसमेत दिएको थियो।

यस्तै, इटहरी-९ कपिल घिमिरे, इटहरी-५ ज्योति माविका पूर्व प्रअ भैरव सापकोटा र इटहरी-६ का गणेश गुरुङको घरमा पुगी प्रमुख चौधरीले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न हौसला प्रदान गरेका हुन्। यसअघि पनि इटहरीका नगरप्रमुख चौधरी संक्रमितलाई भेट्न घरैमा पुग्‍ने गरेका थिए। इटहरी वडा नम्बर १३, १६ र १७ का संक्रमितका ६ वटा घरमा पुगेर मनोबल उच्च राख्न सल्लाह दिएका थिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]