• भदौ ८, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा कानुनविपरीत २ करोड भुक्तानी

alt

प्रदेश सरकारले कानुनविपरीत कर्मचारीलाई ग्रेड थप गरी २ करोड ३६ लाख ३१ हजार रुपैयाँ भुक्तानी दिएको छ । प्रदेशसभा सचिवालयका १७ कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरी ११ लाख ५२ हजार, प्रदेश लोक सेवा आयोगका ३ कर्मचारीलाई १ लाख ६५ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २० जनालाई ८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिएका छन् । 

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरूलाई ५ लाख ८१ हजार, प्रदेश लेखा नियन्त्रक कार्यालयका १४ जना कर्मचारीलाई ७ लाख ७९ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका ९ वटा कार्यालयका कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरी ७२ लाख २४ हजार रुपैयाँ भुक्तानी दिएका हुन् ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका ६ वटा कार्यालयका कर्मचारीलाई ४० लाख २४ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका ११ कार्यालयका कर्मचारीलाई ५१ लाख ८२ हजार, सामाजिक विकास मन्त्रालय र मातहतका ६ वटा कार्यालयका कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरेर ३१ लाख १५ हजार रुपैयाँ भुक्तानी दिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको कर्मचारीलाई २ लाख ४ हजार, प्रदेश योजना आयोगका कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरी ३ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]